देउवाको अपिल- एक्लै लड्दा हाम्रो पक्षमा परिणाम आएन, गठबन्धनका उम्मेदवारलाई जिताउनुस् – Nepal Press

देउवाको अपिल- एक्लै लड्दा हाम्रो पक्षमा परिणाम आएन, गठबन्धनका उम्मेदवारलाई जिताउनुस्

‘गठबन्धनको स्थिर सरकार बनाएर संविधानको रक्षा कांग्रेसले गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोखिममा रहेको मुलुक र संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् ।

बिहीबार एक अपिल जारी गर्दै एक्लै चुनावमा जाँदा आफ्नो पक्षमा परिणाम नआएको कारणले गठबन्धन गर्न बाध्य भएको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टी गठबन्धनमा जानुको सट्टा एक्लै निर्वाचनमा होमिएको भए उम्मेदवारी दिने अवसरहरू केही संख्यामा बढ्थ्यो भन्ने पनि सत्य हो । तर, गत निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्दा परिणाम हाम्रो पक्षमा आएन । देश राजनीतिक अन्योल र अधिनायकवादी कसरतको भूमरिमा पर्‍यो । संविधान र लोकतन्त्रको भविष्य खतरामा परेको अनुभव प्रत्येक नागरिकले समेत गरे । यो अवस्थामा मेरो नेतृत्वमा पाँचदलीय गठबन्धन बनेको हो ।’

गठबन्धनले संविधान र कानूनी शासनको रक्षा गरेको दाबी गरेका छन् । देउवाले संविधानअनुसार एक दलको स्थिर सरकार बन्न नसक्ने उल्लेख गरेका छन् ।

‘अहिले कतिवटा सीट संख्या कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दापनि निर्वाचन लडेका ठाउँमा पार्टी रर गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्दछु’, देउवाले अपिलमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर