जसपाको भागमा प्रभु साहको टिमले नै दियो स्वतन्त्र उम्मेदवारी, एमालेका उम्मेदवारलाई समर्थन (भिडिओ) – Nepal Press

जसपाको भागमा प्रभु साहको टिमले नै दियो स्वतन्त्र उम्मेदवारी, एमालेका उम्मेदवारलाई समर्थन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता प्रभु शाहको टिमले तालमेलबाट जनता समाजवादी पार्टीको भागमा परेका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको छ । शाह स्वयमले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् । उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।

यस्तै उनले आफूले पार्टी प्रवेश गराएका व्यक्तिहरूलाई पार्टीले टिकट नदिएको भन्दै चुनावी तालमेल गरेको जसपा उम्मेदवार भएका ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

एमालेका उम्मेदवार भएको ठाउँमा भने शाह समूहले उम्मेदवारी दिएको छैन ।

शाहको टिमबाट क्षेत्र नम्बर ३ प्रदेश ९क० मा केशव राय चौधरी उम्मेदवार बनेका छन् । उनी केही समयअघि नेकपा एसबाट एमाले प्रवेश गरेका थिए । सोही क्षेत्रको प्रदेशसभा तर्फ ९ख० मा कुन्दन कुशवाहले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा किरण शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा ९क० मा मोहम्मद जयद राजालाई नै समर्थन गरेका छन् । प्रदेशसभा (ख) मा भने राजन यादव उम्मेदवार बनेका छन् ।

यस्तै क्षेत्र नम्बर १ को (क) मा राज किशोर यादवलाई छाड्ने र ९ख० मा राजेश चौधरी उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर