रुपन्देही ५ मा एमालेका दुई जनाको उम्मेदवारी दर्ता, दुवैजनाको आफू आधिकारिक भएको दाबी – Nepal Press

रुपन्देही ५ मा एमालेका दुई जनाको उम्मेदवारी दर्ता, दुवैजनाको आफू आधिकारिक भएको दाबी

रुपन्देही । प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट २ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गरेका दुवैजनाले आफू पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् ।

दिउँसो ३ः३० बजे एमाले प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै ४ः४५ बजे खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले दुबै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।

शनिबार पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले नेता घिमिरेलाई उम्मेदवार भएको जानकारी दिएका थिए । सोही आधारमा घिमिरेले ३ः४५ बजे उम्मेदवारी दर्ता गरेका छन् । घिमिरेले आफू आधिकारिक उम्मेदवार भएको भन्दै सूर्य चिन्हमा मत मागेका छन् ।

एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डीआर घिमिरेले बासुदेव घिमिरेको टिकट खारेज गरेर खिमलाल भट्टराईको कायम गरिएको बताएका छन् । निर्वाचन कार्यालयले भने दुवैको मनोनयन दर्ता भएको र आधिकारिकताका विषयमा पछि टुंगो लगाउने जनाएको छ ।

घिमिरे रुपन्देही ३ बाट सिफारिसमा परेका थिए भने भट्टराई रुपन्देही ५ बाट एकल सिफारिसमा परेका थिए । उनले प्रतिनिधिसभाको चुनाव लड्न राष्ट्रियसभामा एमालेको सचेतकबाट राजीनामा दिएको र अध्यक्ष केपी ओलीको निर्देशनमा उम्मेदवारी दर्ता गराएको जनाएका छन् ।


प्रतिक्रिया

One thought on “रुपन्देही ५ मा एमालेका दुई जनाको उम्मेदवारी दर्ता, दुवैजनाको आफू आधिकारिक भएको दाबी

  1. एमाले जस्तो पार्टीको पनि टिकटजस्तो कुरामा यस्तो भद्रगोल ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर