एमाले महासचिव पोखरेलले दाङ २ मा दर्ता गरे उम्मेदवारी – Nepal Press

एमाले महासचिव पोखरेलले दाङ २ मा दर्ता गरे उम्मेदवारी

रुपन्देही । नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दाङ क्षेत्र नं २ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका महासचिव पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

उक्त क्षेत्रको प्रदेशसभा (क) मा एमालेबाट बलीभद्र राना र (ख) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धनको तर्फबाट दाङ २ मा नेकपा माओवादीका रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर