रामेछापमा गठबन्धनबाट बाहिरियो नेकपा एस, तीनै सीटमा उठे उम्मेदवार – Nepal Press

रामेछापमा गठबन्धनबाट बाहिरियो नेकपा एस, तीनै सीटमा उठे उम्मेदवार

रामेछाप । गठबन्धनमा रामेछापबाट एक सीट पनि नपरेपछि नेकपा एसले विद्रोह गरेर बेग्लै उम्मेदवार खडा गरेको छ ।

आइतबार उम्मेदवारी मनोनयनको अन्तिम बेला प्रतिनिधिसभामा पोलिटब्युरो सदस्य तथा पूर्व सांसद देवशंकर पौडेल उम्मेदवार बनेका छन् ।

त्यस्तै प्रदेशसभा १ तर्फ मन्थली नगरपालिकाका पूर्व मेयर रमेश बस्नेत र २ नम्बरमा केन्द्रीय सदस्य झम्क कँडेलले उम्मेदवारी दिएका छन् ।

गठबन्धनमा कांग्रेसले प्रतिनिधिसभा र नेकपा माओवादी केन्द्रले दुवै प्रदेशसभामा सीट पाएपछि नेकपा एसले बेग्लै उम्मेदवारी दिएको हो ।

आफ्ना एउटा पनि उम्मेदवार नहुँदा समानुपातिक मत समेत कम हुने भएकाले नेकपा एसको रणनीति अनुरूप नै उम्मेदवारी दर्ता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर