अनेरास्ववियु पूर्व केन्द्रीय अध्यक्ष महरद्वारा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता – Nepal Press

अनेरास्ववियु पूर्व केन्द्रीय अध्यक्ष महरद्वारा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता

कैलाली । एमालेको भातृ संगठन अनेरास्वियुका पूर्व अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य ऐन महरले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा उनले नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तासँगै महरको गठबन्धनबाट नेकपा एसका भानुभक्त जोशीसँग चुनावी भिडन्त हुने भएको छ ।

यस्तै, प्रदेशसभा १ का लागि संविधानसभा सदस्य अफिलाल ओखेडा र प्रदेशसभा २ कालागि अर्का संविधानसभा सदस्य लालबहादुर रावलले मनोनयन दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर