भक्तपुर १ मा नेमकिपाबाट प्रेम सुवाल नै दोहोरिए – Nepal Press

भक्तपुर १ मा नेमकिपाबाट प्रेम सुवाल नै दोहोरिए

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं १ मा प्रेम सुवाललाई नै दोहोर्‍याएको छ । २०७४ सालको निर्वाचनमा विजयी सुवाललाई नै नेमकिपाले मंसिर ४ गते हुने निर्वाचनको टिकट दिएको हो ।

नेमकिपाका केन्द्रीय सचिव सुवालले आइतबार भक्तपुर दरबार क्षेत्रस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका छन् । नेमकिपाले उक्त क्षेत्रको क मा मीनबहादुर बाटा र ख मा सुरेन्द्रराज गोसाईंको उम्मेदवारी दर्ता गरेको छ । गोसाईं पनि २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए ।

यहाँ सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोथे बासु र एमालेले पूर्वजिसस प्रमुख नवराज गेलालको उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेशसभातर्फ सत्ता गठबन्धनको कांग्रेस र एमालेले क्रमशः क मा सुरेश श्रेष्ठ र मोहनवीर श्रेष्ठ तथा ख मा पवन भुजू र नारायण सिन्ताकलको उम्मेदवारी दर्ता गरेका छन् ।

भक्तपुर क्षेत्र नं १ र प्रदेशसभा ख मा सत्ता गठबन्धन र एमाले तथा राप्रपा एक भए नेमकिपालाई हराउन सक्ने अवस्था छैन । स्थानीय तह निर्वाचनको मतभारले पनि यही देखाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर