शिक्षामन्त्री देवेन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता – Nepal Press

शिक्षामन्त्री देवेन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनका साझा उम्मेदवार माओवादी नेता पौडेलले ३ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीविरुद्ध नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दिएकी छन् ।

त्यसै गरी प्रदेश सभामा नेपाली कांग्रेसबाट जित शेरचन र दोर्ण कुँवरले उम्मेदवारी मनोनयन गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर