सप्तरी २ मा उपेन्द्र यादव र सीके राउतको उम्मेदवारी – Nepal Press

सप्तरी २ मा उपेन्द्र यादव र सीके राउतको उम्मेदवारी

सप्तरी । सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको उम्मेदवारी परेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी २ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।

राउत गठबन्धनविना नै चुनाव लड्दैछन् । यादव एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर