चितवन- ३ मा भुइँकटहर कांग्रेसका जगन्नाथ पौडेलले दिए उम्मेदवारी, जरिवाना नतिरे रद्ध हुने – Nepal Press

चितवन- ३ मा भुइँकटहर कांग्रेसका जगन्नाथ पौडेलले दिए उम्मेदवारी, जरिवाना नतिरे रद्ध हुने

काठमाडौं । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहालका बागी उम्मेदवार उनी कांग्रेसको कारबाहीमा परेका थिए । त्यसयता छुट्टै राजनीतिक गतिविधि गर्दै आएका पौडेलले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले तोकेको साढे ७ लाख जरिवाना नतिरे उनको उम्मेदवारी रद्ध हुनेछ । गत बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुँदा भएको निर्वाचन खर्चको विवरण पौडेलले आयोगलाई बुझाएका छैनन् । निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजारभन्दा बढी उम्मेदवारलाई जरिवाना गराउने सूचीमा पौडेलेको नाम पनि समेटिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुअघिसम्म महानगरपालिकाको प्रमुखका लागि तोकिएको साढे ७ लाख जरिवाना नतिरे उनको उम्मेदवारी रद्ध हुने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर