शशांक कोइरालाको घोषणा- कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार म हुँ – Nepal Press

शशांक कोइरालाको घोषणा- कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार म हुँ

नवलपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका छन् ।

नवलपुर १ मा चौथोपटक उम्मेदवारी दर्ता गर्दै नेता कोइरालाले आफू प्रधानमन्त्रीको लागि चुनाव लडेको बताए ।

कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताए । पार्टीले निर्णय गर्ने विषय भए पनि आफू योपटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताए ।

कोइरालासँग एमालेबाट संविधानसभा सदस्य कृष्ण पौडेलले प्रतिस्पर्धा गर्दैछन् । कोइराला २०६४, २०७० र २०७४ तीनवटै चुनावमा यही क्षेत्रबाट जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर