गगन थापाका कटु आलोचक सन्तोषले गरे उम्मेदवारी फिर्ता, गगनलाई नै सघाउने घोषणा – Nepal Press

गगन थापाका कटु आलोचक सन्तोषले गरे उम्मेदवारी फिर्ता, गगनलाई नै सघाउने घोषणा

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरीले उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् ।

काठमाडौं क्षेत्र नं ४ को विकासकालागि गगन थापाले चुनाव हार्नुपर्ने भन्दै गगनको कटु आलोचकको छवि बनाएका चौधरीले मनोनयन दर्ता कै दिन एक विज्ञप्ति जारी गर्दै गगन थापालाई नै सघाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली राजनीतिमा लामो समयदेखि संघर्ष गर्दै आउनु भएका र ठूलो सम्भावना बोक्नु भएका थापासँग राष्ट्रिय राजनीतिका केही विषयमा वैचारिक विविधता भए पनि निरन्तर संवादबाट त्यसलाई एकीकृत गर्दै जाने र यस निर्वाचनमा उहाँलाई अनुमोदन र समर्थन गरेको जानकारी गराउँछु ।’

उनले यसअघि गगन थापाले आम मानिसलाई प्रधानमन्त्रीको ललिपप देखाएर भ्रममा पार्न खोजेको र एमसीसी अनुमोदन गरेर राष्ट्रघात गरेको आरोप लगाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर