बाबुराम र नारायणकाजीलाई साथ राखेर प्रचण्डले गरे उम्मेदवारी दर्ता – Nepal Press

बाबुराम र नारायणकाजीलाई साथ राखेर प्रचण्डले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन ३ बाट चुनाव लडेका थिए ।

अहिले चितवनभन्दा सुरक्षित देखिएपछि प्रचण्डले गोरखा २ रोजेका हुन् ।


प्रतिक्रिया

One thought on “बाबुराम र नारायणकाजीलाई साथ राखेर प्रचण्डले गरे उम्मेदवारी दर्ता

  1. यसपाली को चुनाव मा कांग्रेस एमाले, माओवादी, राप्रपा, जसपा,लोसपा, माकुने को समाजवादी र पुराना tested नेताहरु तर टिकट नपाएर बागी भाका हरु बाहेक लायक पार्टी वा नेता लाई भोट हालौ। पटक पटक मःमः र चाउमिन मा भोट हालेर देश डुब्यो खत्तम भो भनेर रोएर नबसौं। मौका यही हो। कुकुर को पुच्छर जति गरे पनि बाङ्गो को बाङ्गै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर