उपेन्द्रसँगको तालमेलबाट प्रभु साह असन्तुष्ट, जसपालाई दिएका रौतहटका सीटमा एमालेकै स्वतन्त्र उम्मेदवार – Nepal Press

उपेन्द्रसँगको तालमेलबाट प्रभु साह असन्तुष्ट, जसपालाई दिएका रौतहटका सीटमा एमालेकै स्वतन्त्र उम्मेदवार

जनकपुरधाम । जनता समाजवादी पार्टीसँगको तालमेलमा असन्तुष्ट बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आफ्ना उम्मेदवार नभएका ठाउँमा एमालेकै नेतालाई स्वतन्त्र उम्मेदवार बनाउँदैछन् ।

उनी जसपासँगको तालमेलको विपक्षमा थिए । प्रभु शाह भने रौतहट ३ बाट पार्टीकै आधिकारिक उम्मेदवार हुनेछन् । यसबीचमा साहको पहलमा रौतहटका जसपा,लोसपा,कांग्रेस, माओवादी र नेकपा एसका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका छन् ।

कतिपयलाई टिकट दिने समझदारी अनुसार पार्टी प्रवेश गराइएको र जसपाले पाएका कारण समस्या भएपछि जसपा उम्मेदवार बन्ने ठाउँमा एमालेका स्वतन्त्र उम्मेदवार उठ्नेछन् ।

साह निकट एमाले जिल्ला नेताले नभे– जहाँ पार्टीका उम्मेदवार छन् ती आधिकारिक नै भइहाले । जहाँ जसपालाई छाडिएको छ त्यहाँ पनि एमालेका उम्मेदवार हुन्छन् तर स्वतन्त्र । प्रभु साह पनि स्वतन्त्र उम्मेदवार बन्ने हल्ला चाहिँ गलत हो ।

साहले रौतहट निर्वाचन क्षेत्र ३ बाट टिकट पाएका हुन् । तर अन्य पार्टीबाट एमालेमा प्रवेश गराएकाहरूले टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिने बुझिएको छ ।

स्रोतका अनुसार रौतहटका अन्य तीन प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवार खडा गर्ने बुझिएको छ ।

जसपाका किरण साह, लोसपाका अजय गुप्ता, कांग्रेसका राजेश चौधरी लगायतका नेताहरूलाई साहले एमालेमा प्रवेश गराएका थिए । तर उनीहरूमध्ये कतिपयले जसपाका कारण टिकट नपाएपछि साह रुष्ट बनेर जिल्लाभर स्वतन्त्र उम्मेदवार खडा गर्न लागेका छन् ।

जसपा छाडेर एमालेमा पुगेका किरण साहले चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभामा प्रभु साहको नेतृत्वमा स्वतन्त्र उम्मेदवारी पर्ने बताएका छन् । उनले प्रभु साह समेत स्वतन्त्र हुने भनेका छन् । तर साह भने पार्टीकै उम्मेदवार बन्ने भएका छन् ।

सर्लाही र बारामा पनि जसपालाई छाडिएका ठाउँमा एमालेका उम्मेदवार उठाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर