ईश्वर र प्रदीपसँग भिड्दै रन्जु दर्शना, स्वतन्त्रको ‘ट्रेडमार्क’ ले गर्ला काम ? – Nepal Press

ईश्वर र प्रदीपसँग भिड्दै रन्जु दर्शना, स्वतन्त्रको ‘ट्रेडमार्क’ ले गर्ला काम ?

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्व नेता रन्जु दर्शनाले आसन्न चुनावमा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

२०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेकी दर्शनाले आज प्रतिनिधिसभाका लागि मनोनयन दिएकी हुन् । मेयरमा उनी विवेकशीलको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

सो निर्वाचनमा उनी झिनो मतान्तरले मेयरमा पराजित भएकी थिइन् ।

मेयरमा पराजित भएपछि राजनीतिकबाट केही टाढिएकी दर्शनाले २०७८ पुष ८ मा विवेकशील साझा पार्टी परित्याग गरेकी थिईन् ।

रन्जुले उम्मेदवारी घोषणाको क्षेत्रमा नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई र गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ ।

सो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर ईश्वर पोख्रेल विजयी भएका थिए भने आसन्न चुनावमा पनि गठबन्धन र एमालेकै उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यस्तो अवस्थामा पार्टी राजनीतिलाई परित्याग गर्दै स्वतन्त्र उम्मेदवारको रूपमा अगाडी बढेकी रन्जु दर्शनाको पुरानो क्रेज र स्वतन्त्र उम्मेदवारको ‘ट्रेडमार्क’ ले सो क्षेत्रको निर्वाचनलाई थप प्रतिस्पर्धामूलक बनाउने देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर