एमाले उपाध्यक्ष पौडेलले गरे उम्मेदवारी दर्ता – Nepal Press

एमाले उपाध्यक्ष पौडेलले गरे उम्मेदवारी दर्ता

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

पौडेलले रुपन्देही २ बाट उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए ।

रुपन्देही २ मा मतदान केन्द्र १३१, मतदानस्थल २३ वटा रहेका छ्न् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १३ वडा तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् ।

यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न् । यो क्षेत्रबाट पौडेलले ३ पटक निर्वाचन जितेका छ्न् । उनीसँगै प्रदेशसभा सदस्यका लागि पूर्वसांसद भोजप्रसाद श्रेष्ठ तथा लीला गिरीले उम्मेदारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट यो क्षेत्रमा नेकपा एसका राजु गुरुङ तथा प्रदेश (क) मा माओवादीका वामदेव क्षेत्री र (ख) मा कांग्रेसका दीर्घबहादुर केसीले टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर