धनुषा २ : जसपाका गंगाराम यादवको उम्मेदवारी दर्ता, एमालेका अरगरिया पनि दर्ता गराउँदै – Nepal Press

धनुषा २ : जसपाका गंगाराम यादवको उम्मेदवारी दर्ता, एमालेका अरगरिया पनि दर्ता गराउँदै

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) बाट गंगाराम यादव उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले–जसपाबीच गठबन्धन भए पनि धनुषा २ मा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति बनेको छ । सो बमोजिम जसपाबाट यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली धनुषा २ बाट उम्मेदवार बनाउने गरी पूर्वमन्त्री उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराएका थिए । सोही कारण असन्तुष्ट बनेका एमाले नेता यादव पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।

जसपाले यादवलाई नछाड्ने र एमालेले अरगरियालाई नछाड्ने भएकाले धनुषा २ मा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गर्नुपरेको बताइएको छ । सो क्षेत्रमा एमालेबाट अरगरिया पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।

सत्ता गठबन्धनले भने नेपाली काँग्रेसका रामकृष्ण यादवलाई यो क्षेत्रमा उम्मेदवार बनाएको छ ।

स्रोतका अनुसार सत्ता गठबन्धनकै एक घटक नेकपा एसका रामचन्द्र झा पनि उम्मेदवारी दिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर