सिफारिस भएका थिए जेलमा रहेका आलम, टिकट पाए छोरा – Nepal Press

सिफारिस भएका थिए जेलमा रहेका आलम, टिकट पाए छोरा

जनकपुरधाम । जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका निलम्बित सांसद मो. अफताव आलमका छोरा डा. फिरोदस आलमले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएका छन् ।

रौतहट क्षेत्र नम्वर २ बाट चुनाव लड्न सत्ता गठबन्धनले फिरोदसलाई टिकट दिएको हो । उक्त क्षेत्रबाट नेपाली कांग्रेसले अफतावलाई नै सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो ।

अफतावका जेठा छोरा हुन् फिरोदस । उनका कान्छा छोरा मो। राजिक आलम कांग्रेसबाटै टिकट पाएर राजपुर नगरपालिकाको मेयर निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *