कैलालीमा शेखर-गगन समूहको विद्रोह, सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी – Nepal Press

कैलालीमा शेखर-गगन समूहको विद्रोह, सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी

कैलाली । पार्टीभित्र न्यायोचित ढंगले टिकट वितरण नगरेको भन्दै कैलालीमा शेखर-गगन समूहले विद्रोह गरेको छ । यहाँका सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता जारी रहेको क्षितिज भण्डारीले जानकारी दिए ।

भण्डारीले भर्खरै कैलाली ५ (ख) बागी उम्मेदवारी दर्ता गराएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यवाहक सभापति भइसकेका भण्डारी पार्टीको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन् ।

पार्टीभित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायोचित टिकट वितरण नगरेको भन्दै विद्रोह गरिएको उनले बताए ।

‘शेखर-गगन समूहको तर्फबाट यहाँ सबैले उम्मेदवारी दिने तयारीमा छौं’, उनले भने, ‘हामी साङ्गठनिक विद्रोहमा छौं ।’

कैलालीका ५ वटै प्रतिनिधिसभा र १० वटै प्रदेशसभामा विद्रोहको तयारी भइरहेको उनले जानकारी दिए । ‘अहिले हामी सबै निर्वाचन कार्यालयमा छौं । उम्मेदवारी दर्ता गरिरहेका छौं’ उनले भने, ‘सबैले सबै ठाउँमा उम्मेदवारी दिँदैछौं ।’

भण्डारीले उम्मेदवारी दर्ता गरेको क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रकाश देउवाले टिकट पाएका छन् । उनी शेरबहादुर देउवाको परिवारका सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर