कांग्रेसका पूर्वसांसद ओझाले दिए स्वतन्त्र उम्मेदवारी – Nepal Press

कांग्रेसका पूर्वसांसद ओझाले दिए स्वतन्त्र उम्मेदवारी

कैलाली । पूर्वसांसद पुष्करनाथ ओझाले प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७० को निर्वाचनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा तथा तत्कालीन कैलाली ६ बाट निर्वाचित भएका थिए । उपनिर्वाचनमा देउवाले छोडेको क्षेत्रबाट विजयी भएका ओझा अघिल्लो निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको भन्दै कारबाहीमा परेका थिए ।

त्यसपछि अहिलेसम्म उनको कारबाही फुकुवा भएको छैन । अहिले फेरि सोही क्षेत्रमा उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त र एमालेबाट नारदमुनि राना चुनावमा भिड्दैछन् ।

पन्त अघिल्लोपटक प्रदेशसभामा निर्वाचित भएका थिए भने राना प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर