उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन् – Nepal Press

उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन्

‘पैसाले भोट किन्ने प्रथाको अन्त्य हुन्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेता तथा अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङबाट थापाले उम्मेदवारी दर्ता गराएकी हुन्।

उनले उम्मेदवारी दर्ता गर्दै आफ्नो राजनीतिक यात्रा समयको माग भएको बताएकी छन्।

उनले उम्मेदवारी दर्तापछि फेसबुकमा लेखेकी छन्, ‘आज मोरङका जनताको सेवाका लागि विगत ३० बर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो।’

मोरङको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दै यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य विश्वास व्यक्त गरेकी छन्।

‘जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्य हुनेछ। छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु। संसदीय इतिहासमा मोरङले परिर्वतनका लागि विद्रोह गर्दैछन्’ उनले भनेकी छन्।

आफ्नो जित भनेकै मोरङवासीको जित भएको उल्लेख गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर