विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा – Nepal Press

विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा

काठमाडौं । रुस र क्रिमियालाई जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटपछि रुसले सो क्षेत्रमा सुरक्षा बढाएको छ । रुसी समाचार एजेन्सीका अनुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा कार बम विस्फोट हुँदा पुलमा क्षति पुगेको हो । हाल सो पुलमा यातायत अवरुद्ध छ ।

यो पुल दक्षिण युक्रेनमा रहेका रुसी सैनिकहरुलाई सैन्य उपकरणको ढुवानी गर्न प्रयोग हुँदै आएको थियो । रुसका अनुसार विस्फोटमा तीनजनाको मृत्‍यु भएको छ ।

उक्त पुल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सक्रियतामा निर्माण भएको थियो । सन् २०१८ मा पुटिनले नै सो पुलको उद्घाटन गरेका थिए । विस्फोटपछि पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिएको अन्तर्राष्टि«य सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसले राष्ट्रविरोधी तथा आतङ्ककारी समूहले उक्त विस्फोट गराएको आरोप लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *