कमल थापालाई टिकट दिएको विरोधमा एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला – Nepal Press

कमल थापालाई टिकट दिएको विरोधमा एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला

हेटाैँडा । मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ निवार्चनमा नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमाले कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् ।

हेटौंडा ५ स्थित पुष्पलाल पार्क नजिक रहेको एमाले पार्टी कार्यालयमा  कार्यकर्ताहरुले कमल थापालाई उम्मेदवार बनाउने निर्णयकाेविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् ।

२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा  एमालेको तर्फबाट केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भएता पनि हिजो (शनिबार) एमाले अध्यक्ष केपि शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।


प्रतिक्रिया

One thought on “कमल थापालाई टिकट दिएको विरोधमा एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला

  1. जोड घटाउका कारण हुन पुगेको छ, राजनीति तर्फ दूरगामी छलाङको लागि निर्णय भएको हुन सक्छ, कार्यकर्ताहरूले चित्त बुझाउने ठाउँ छन्, धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर