शंकर पोखरेलको सरकार ढालेका दृघनारायणलाई कांग्रेसले पत्याएन, पूर्वएसएसपी सिंहले पाए टिकट – Nepal Press

शंकर पोखरेलको सरकार ढालेका दृघनारायणलाई कांग्रेसले पत्याएन, पूर्वएसएसपी सिंहले पाए टिकट

रुपन्देही । २०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेशसभामा निर्वाचित कपिलवस्तुका दृघनारायण पाण्डेय तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । अहिले उनै पाण्डेय आकांक्षी रहेको कपिलवस्तु २ को प्रदेशसभा (क) मा पूर्वएसएसपी विक्रमसिंह थापाले टिकट पाएका छन् । यो क्षेत्र सत्ता गठबन्धनले कांग्रेसको भागमा पारेको थियो ।

कांग्रेसभित्र सिंहसँगै पूर्वसांसद दृगनारायण पाण्डेयबीच टिकटमा कडा टक्कर थियो । सांसद पद नै त्यागेर शंकर पोख्रेलको सरकारलाई अल्पमतमा पारेका पाण्डेय कांग्रेस प्रवेश गरेलगत्तै ९ महिना राष्ट्रियसभा सदस्य भएका थिए ।

पाण्डेय आसन्न चुनावमा टिकट पाउन लविङमा लागेका थिए । ‘२०७४ सालमा पनि कांग्रेसबाट टिकट नपाएर एमालेमा प्रवेश गरेर उहाँले टिकट पाउनुभएको थियो । पछि विषयगत समितिको सभापति पनि बन्नुभयो’, कपिलवस्तुका एक कांग्रेस नेताले भने, ‘तर, बीचमा पुनः अवसर खोजेर सांसद पद नै छोड्नुभयो । राष्ट्रियसभामा जानुभयो । फेरि प्रदेशमै दाबी गर्न आउनुभयो । पटक- पटक एकै व्यक्तिलाई अवसर दिनु ठीक थिएन ।’

यस्तै प्रदेशसभा (ख) मा सुधाकर पाण्डेयले टिकट पाएका छन् । यो क्षेत्र गठबन्धनले खाली राखे पनि अन्ततः कांग्रेसले पाउने भएको हो । पाण्डेय जिल्लामा पटक-पटक संसदीय चुनाव लड्दै आए पनि अहिलेसम्म जीत निकाल्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर