‘दश बुँदे टिम’बारे घनश्यामको टिप्पणी- अडान छाड्नेले टिकट पाए, अन्तिममा भीम रावल र ममात्र भयौं – Nepal Press

‘दश बुँदे टिम’बारे घनश्यामको टिप्पणी- अडान छाड्नेले टिकट पाए, अन्तिममा भीम रावल र ममात्र भयौं

रुपन्देही । नेकपा एमाले छाडेर सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न लागेका वामपन्थी नेता घनश्याम भुसालले एमालेभित्रको १० बुँदे समूह भनिएका अधिकांश सहकर्मीहरुले १० बुँदे सहमतिको मर्मको प्रतिनिधित्व नगरेको बताएका छन् ।

आइतबार रुपन्देहीमा आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै भुसालले १० बुँदे सहमतिको मर्म र त्यस अनुसार पार्टी चल्नुपर्छ भन्नेमा अन्तिममा आफू र भीम रावलमात्र बाँकी रहेको बताए ।१० बुँदे समूहका अधिकांश नेताले टिकट पाएको सन्दर्भमा भुसालले त्यसको मर्म छाडेर अडान नलिनेहरुले टिकट पाएको बताए ।

भुसालले भने–१० बुँदे सहमति गर्ने १० भाइ मात्र थिएनौं,देशभरका धेरै साथीहरु यसको पक्षमा थिए । ती मध्ये अधिकांशले त्यो स्पिरिट छाडे, अर्थात नेतृत्वले जे भन्छ त्यो मान्दै गए अनि अवसर पाउँदै गए, अन्तिममा तारोमा भीम रावल र म परेका हौं, अहिले पनि हाम्रो पक्षमा बोल्नेहरु निशानामा छन् भित्तामा पुराइएका छन् ।

रावलले महाधिवेशनसम्म आइपुग्दा १० बुँदेको स्पिरिटमा आफू र भीम रावलमात्र उभिएको बताए । उनले सबै साथीहरु त्यसमा टिक्ट नसकेको आरोप लगाए । १० बुँदे गर्ने मध्येका भीम आचार्य,सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट,योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यसहित सो समूहका अधिकांश नेताले टिकट पाएका छन् ।


प्रतिक्रिया

One thought on “‘दश बुँदे टिम’बारे घनश्यामको टिप्पणी- अडान छाड्नेले टिकट पाए, अन्तिममा भीम रावल र ममात्र भयौं

  1. यसो चाँही हैन बरु :: प्रचन्डको ओली र एमाले सिध्ध्याउने मिसनमा थियौँ, अरुले साथ छोडे अन्तमा २ जना भैयो !! त्येश्मा पनि रावलले छोडे एक्लै भएँ अनी हिंडें !! यो सहि हो सत्य हो यो बोलम !! अरु त नक्कली कुरा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर