प्रतिशोध लिँदै देउवाले खोसे मिनेन्द्रको टिकट, स्वतन्त्र लड्न कार्यकर्ताको दबाब – Nepal Press

प्रतिशोध लिँदै देउवाले खोसे मिनेन्द्रको टिकट, स्वतन्त्र लड्न कार्यकर्ताको दबाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संकटमा परेका बेला चुनाव जितेर आएका प्रभावशाली नेता डा।मिनेन्द्र रिजाललाई टिकटबाट बन्चित गरेका छन् ।

संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका रिजाल महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार थिए ।

पछिल्लो समय देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेता डा.रिजालको साटो देउवाले महाधिवेशनको बेला कोइराला समूह छाडेर आफूलाई साथ दिएकी सुजाता कोइरालालाई टिकट दिएका छन् ।

२०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट जित्दा रिजालले वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए । रिजालमाथि देउवाले पुर्वाग्रह साँधेको टिप्पणी नेताहरुले गरेका छन् ।

रिजालसँगै महामन्त्री र अन्य पदाधिकारीमा पराजित भएका नेताहरुमध्ये अधिकांशलाई केन्द्रीय सदस्य मनोनित गर्दा पनि देउवाले उनलाई भने मनोनित गरेनन् । रिजालले महामन्त्रीमा पराजित भएपछि नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

रिजाललाई अन्याय र प्रतिशोधविरुद्ध लड्न स्वतन्त्र उम्मेदवारी दिन कार्यकर्ताले दबाब दिएका छन् । मोरङमा मिनेन्द्र बलियो मानिन्छन् । उनी एमाले अध्यक्ष केपी ओलीसँग समेत केही समयअघिसम्म संवादमै थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर