भीम रावलले भने- अझै बोल्ने बेला भएको छैन, तयारीमै छु – Nepal Press

भीम रावलले भने- अझै बोल्ने बेला भएको छैन, तयारीमै छु

कैलाली । एमाले नेता भीम रावलले अझै सञ्चार माध्यमहरूमा प्रतिक्रिया दिने समय नआएको बताएका छन् । अछाम १ बाट एकल सिफारिस भएर पनि टिकट नपाएपछि रावलले अहिले सम्म यो बिषयमा धारणा व्यक्त गरेका छैनन् ।

आफूले ‘कुरा बुझिरहेको’ बताउँदै आइरहेका रावलले मनोनयन दर्ता गर्ने दिन सम्म पनि आफ्नो रणनीतिबारे प्रस्ट पारेका छैनन् । ‘अझै बोल्ने भएको छैन म तयारीमै छु’ उनले नेपाल प्रेससँग भने ।

अघिल्लो पटक निर्वाचन जितेको अछाम १ बाट अहिले अछाम इन्चार्ज झपट बोहराले टिकट पाएका छन् । अघिल्लो पटक बोहरा प्रदेश सभामा विजयी भएर प्रदेशको अर्थमन्त्री भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर