झापाको बिर्तामोडस्थित वानस्टप मलमा आगलागी – Nepal Press

झापाको बिर्तामोडस्थित वानस्टप मलमा आगलागी

झापा । झापाको बिर्तामोडस्थित व्यापारिक भवन वानस्टप मलमा आगलागी भएको छ । आज बेलुका ८ बजेतिर भएको आगलागी केहीबेर अघि नियन्त्रणमा आएको छ ।

बिर्तामोड र भद्रपुरको दमकलको सहयोगमा स्थानीय र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिइएको बिर्तामोड प्रहरीले जनाएको छ ।

विद्धुत सर्ट भइ आगलागी भएको हुन अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर