सन्दीप प्रकरण : किशोरीको उमेरबारे क्रिकेट संघका अध्यक्षले नयाँ ‘क्लु’ भेटेका हुन् ? – Nepal Press

सन्दीप प्रकरण : किशोरीको उमेरबारे क्रिकेट संघका अध्यक्षले नयाँ ‘क्लु’ भेटेका हुन् ?

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले हिजो एक टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै यौनजन्य कसुरमा मुछिएका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेको बचाउ प्रयास गरे । त्यस क्रममा उनले सन्दीपमाथि आरोप लगाउने किशोरीको ‘नाबालिग’ नरहेको आशयसमेत व्यक्त गरेका छन् ।

अहिले चर्चामा रहेको सो अन्तरवार्तामा चन्दको भनाइ यस्तो छः

अन्तरवार्तामा उनले यस्तो भनेका थिए : तपाई मिडियाकर्मीहरुलाई बढी थाहा हुनुपर्ला कि १८ वर्षभन्दा माथि यस्तो खालको प्राण चैं जुटिसकेको अवस्था छ । मैले बुझेको मैले सुनेको आधारमा-कन्फिडेन्सका साथ भन्न सक्छु जुन पिडित बालिका भनिएको छ उनको उमेर १८ वर्षभन्दा माथि छ । एक वर्ष उमेर घटाइएको छ भन्ने कुुरा सरकारी कागजातहरुले पुष्टि गरेको छ ।

सम्बन्धित उहाँको गाउँपालिका वडा पालिकाहरुले नेपाल प्रहरीले अनुसन्धान गर्दा । त्योबाट मलाई आशंका भयो कि कुनै न कुनै तरिकाले सन्दीपमाथि त्यस्तो खालको षडयन्त्र भएको हुन सक्छ । किन भने एज घटाइएको छ भन्ने कुरा आइसकेपछि त्यसको पुष्टि चाहिँ नेपालको कानून अनुसार १८ वर्षभन्दा मुनिको व्यक्तिलाई नाबालिग मानिन्छ । नाबालिगलाई सहमतिमा राखेको यौनसम्बन्ध पनि बलात्कार ठहर्छ । तर १८ वर्ष उमेर नाघेको अवस्थामा सहमतिको यौनसम्बन्ध दण्डनीय हुँदैन । त्यसैले यस घटनामा जाहेरीकर्ताको वास्तविक उमेर निकै महत्वपूर्ण हुन्छ ।

क्रिकेट संघजस्तो जिम्मेवार निकायमा रहेका व्यक्तिले जाहेरीकर्ता किशोरीको उमेर १८ वर्ष नाघिसकेको दाबी गरेपछि त्यसले चर्चा बटुल्नु स्वभाविकै भयो । त्यसमै टेकेर कतिले समाचार पनि बनाएका छन् । यद्यपि, नेपाल प्रेससँगको कुराकानीमा चन्दले आफूसँग किशोरीले उमेर बढाएको प्रमाणित हुने कुनै ठोस प्रमाण भने नरहेको स्वीकार गरेका छन् ।

के आधारमा यस्तो दाबी गर्नुभयो त भन्ने प्रश्नमा घुमाउरो जवाफ दिँदै चन्दले यस्तो भने:

‘जाहेरीकर्ताको वास्तविक उमेरलाई लिएर हप्ता १० दिनदेखि हल्ला आइरहेको थियो । यद्यपि, अहिलेसम्म हामीसित त्यस्तो केही डकुमेन्ट आइपुगेको छैन । हामी पनि आफ्नो हिसाबले खोज्दैछौं । उमेर सच्याएको भनेर आइरहेको हुनाले यो विषयमा चाँडोभन्दा चाँडो प्रहरीले अनुसन्धान गर्नुपर्छ भन्ने मेरो भनाइ हो । हामीसँग डकुमेन्ट नभए पनि सम्वन्धित निकायले, प्रहरीले ल्याउनुपर्यो । जन्मदर्ताको कुरा सुन्नमा आएको छ । तर पेपर नहुञ्जेल ठोकुवा गरेर भन्न मिलेन । नेपालमा अधिकांसले एसएलसी दिँदा वा एसएलसीको फाराम भर्दाखेरि वास्तविक उमेरभन्दा घटाउने प्रचलन देशभरी रहेछ । सबैका अभिभावकले त्यो भने । जागीरका लागि वा विहेका लागि धेरैले त्यस्तो धेरैले गर्दा रहेछन् । मैले यही कुरा जानकारी गराएको हो । बजारमा केही कुरा आउँछ भने डिसिजनमा पुग्नुपर्ला नि । त्यसैका लागि बोलेको हुँ ।’

सन्दीपको तर्फबाट बहसको तयारी गरिरहेका कानून व्यवसायी सरोज घिमिरेले पनि जाहेरीकर्ताको उमेर विवादित रहेको सूचना आफूकहाँ पनि आएको तर ठोस प्रमाण नरहेको बताए ।

‘मैले पनि धेरै कुराहरु सुनिरहेको छु । तर हातमा प्रमाण नभएसम्म बोल्न मिल्दैन । जे होस, शंका गर्ने ठाउँ छ,’ उनले भने ।

घिमिरले भोलिबाट आफ्नो टिमले आन्तरिक अनुसन्धान सुरु गर्ने र उमेरको विषयमा पनि खोजिनिति गर्ने बताए ।
यसैगरि, संन्दीप बचाउ संघर्ष समितिले आजै एक विज्ञप्ति जारी गर्दै पिडित भनिएकी किशोरीको नागकिरताको उमेर र जन्मदर्ताको उमेरमा दुई वर्षको फरक रहेको दावी गरेको छ । किशोरीको जन्मदर्ता र नागरिकता छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।


प्रतिक्रिया

One thought on “सन्दीप प्रकरण : किशोरीको उमेरबारे क्रिकेट संघका अध्यक्षले नयाँ ‘क्लु’ भेटेका हुन् ?

  1. माटोमा मा पुरिएको मृत जिबहरुको अवशेष जाँच गरेर कति बर्स पहिलाको हो भन्ने चै पत्ता लाग्ने जिउँदो जिबको वास्तविक उमेर पत्ता लगाउने प्रवृत्ति चै पत्ता लागेको छैन र?
    जन्म दर्ता हेर्दा थाहा हुन्छ होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर