टिकट नपाएपछि सांसद साहले त्यागे एमाले, जनमत पार्टीबाट चुनाव लड्ने – Nepal Press

टिकट नपाएपछि सांसद साहले त्यागे एमाले, जनमत पार्टीबाट चुनाव लड्ने

जनकपुरधाम । मधेस प्रदेशका सांसद किशोरी साह ‘कमल’ले नेकपा एमाले परित्याग गरेका छन् । टिकट नपाएपछि उनले पार्टी परित्याग गरी प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गरेका हुन् ।

बाम गठबन्धनबाट एमालेका साह ०७४ को निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएका थिए । उनले पार्टीमा व्यक्तिवादी हाबी भएको आरोप लगाए । टिकट काटेर आफूमाथि अन्याय गरेको उनको गुनासो छ ।

सांसद साहले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताए । उनले नेपाल प्रेससँग भने, ‘स्वतन्त्र उम्मेदवारी दिने सोच पनि बनाएको छु । तर साथीहरू जनमत पार्टीबाट चुनाव लड्न सल्लाह दिएका छन् । जनमत पार्टीका नेताहरूसँग पनि छलफल भएको छ । तर अहिले नै निर्णय लिएको छैन ।’

७५ प्रतिशत बढीले जनमत पार्टीबाट चुनाव लड्न सल्लाह दिएको र सोही आधारमा निर्णय लिने सांसद साहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर