मधेसका पूर्व मुख्यन्यायाधिवक्ता झाले पाए जसपाबाट प्रदेशमा टिकट – Nepal Press

मधेसका पूर्व मुख्यन्यायाधिवक्ता झाले पाए जसपाबाट प्रदेशमा टिकट

जनकपुरधाम । मधेस प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालाई जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभा सदस्यका लागि टिकट दिएको छ ।

महोत्तरी क्षेत्र नम्वर ३ बाट चुनाव लड्ने घोषणाका साथ झाले जसपामा प्रवेश गरेका थिए । तर उनलाई जसपाले महोत्तरी क्षेत्र ३ ‘क’बाट टिकट दिएको हो ।

महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्वर ३ बाट जसपाले पूर्वमन्त्री हरिनारायण यादवलाई टिकट दिएको छ । सत्ता गठबन्धनबाट लोसपा अध्यक्ष महन्थ ठाकुरलाई सो क्षेत्रमा उम्मेदवार बनाएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर