उम्मेदवारी मनोनयनका लागि एमाले अध्यक्ष ओली झापामा – Nepal Press

उम्मेदवारी मनोनयनका लागि एमाले अध्यक्ष ओली झापामा

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टिकट वितरण र विभिन्न दलसँग तालमेलको सहमति टुंग्याएर गृह जिल्ला झापा आइपुगेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन गर्न ओली झापा आइपुगेका हुन् ।

अध्यक्ष ओलीलाई उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

ओलीले आइतबार मध्यान्ह साढे १२ बजे निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर