जनमत नभएको जसपालाई बोक्न धरानका एमाले असहमत, अशोक राईविरुद्ध मनोज मेन्याङबो – Nepal Press

जनमत नभएको जसपालाई बोक्न धरानका एमाले असहमत, अशोक राईविरुद्ध मनोज मेन्याङबो

धरानमा एमाले-काङ्ग्रेस उम्मेदवार छैनन्, मलाई दुवैको सहानुभूति छ : मनोज मेन्याङबो

इटहरी । धरानको प्रतिनिधिसभाको चुनावी इतिहासमा पहिलो पटक काँग्रेस र एमाले दुवैको उम्मेदवार नहुने भएका छन् । नेकपा एमालेले जसपा नेता अशोक राईलाई सघाउने सहमति गरेको छ भने, कांग्रेसले सुनसरी १ माओवादीलाई सहयोग गर्नेछ ।

धरानका सबै २० वडा, वराहक्षेत्रका १ देखि ५ र रामधुनीका ६ र ७ वडाहरू रहेको सुनसरी १ मा अहिले एमाले नेता मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धरान नगर कार्यपालिकाका देखि नगर सभामा एक सिट पनि नभएको पार्टी जसपालाई टिकट दिएपछि एमालेमा असन्तुष्टि बढेको छ । त्यो असन्तुष्टिको मत आफ्नो आउने मेन्याङ्बोले नेपाल प्रेसलाई बताए।

‘अहिले पनि म पार्टीका नेता कार्यकर्तासँगै छु’, मेन्याङ्बोले भने, ‘सबै एमालेको मलाई साथ हुनेछ।’ मेन्याङबोले आफूलाई काङ्ग्रेस नेता कार्यकर्ताको पनि सहानुभूति हुने बताए ।

‘गत चुनावदेखि अहिलेको चुनावसम्म कांग्रेसको प्रतिनिधिसभा उम्मेदवार धरानमा भएन । उहाँहरूको सहानुभूति मलाई छ, उनले भने ।

स्थानीय पार्टीको सर्वसम्मत निर्णयलाई पार्टी केन्द्रले बेवास्ता गरेकोले एमाले धराशायी भएको भन्दै मेन्याङ्बोले आफ्नो उम्मेदवारी त्यसै विरुद्ध भएको बताए।

‘म प्रतिनिधिसभामा इच्छुक थिएन, मेरो नाम नि गएको थिएन’, मेन्याङबोले भने, ‘तर, पार्टीलाई सक्ने वातावरण भएकोले मैले उम्मेदवारी घोषणा गरेको हो ।’

एमाले धरान अध्यक्ष हर्कजङ एभेङले पनि एमाले धरानका नेता कार्यकर्तामा चुनावी सिट बारेमा असन्तुष्टि भएको स्वीकार गरे ।

‘अहिलेको टिकट वितरणमा धेरैले असन्तुष्टि राख्नु भएको छ, भेला नि भएको देखिन्छ’, एभेङले भने, ‘तर, हाम्रो धरान एमाले पार्टी कार्यालयबाट र नेतृत्वबाट भएको छैन ।’

एभेङले असन्तुष्टि भएपनि पार्टीले राष्ट्रिय राजनीति हेरेर निर्णय गरेकोले स्वीकार गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर