भीम रावलले टिकट नपाएपछि एमाले अछाममा विद्रोह, ३८ जनाले दिए सामूहिक राजीनामा – Nepal Press

भीम रावलले टिकट नपाएपछि एमाले अछाममा विद्रोह, ३८ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्लाबाट एकल सिफारिस भएपनि पार्टीले प्रतिनिधिसभामा टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

एमालेले रावलको ठाउँमा झपट बोहरालाई उम्मेदवार बनाएको छ ।

सामूहिक राजीनामा दिने नेताहरूले बोहराको प्रमुख आतिथ्यतामा भाद्र १९ गते रावलको नाम एकल सिफारिस भएको जिकिर गरेको छ ।

उनको नाम एकल सिफारिस भए पनि केन्द्रबाट टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयको बेवास्ता गरिएको नेताहरूको भनाई छ ।

तल्लो कमिटीको निर्णयविपरीत नेता, कार्यकर्ता र जनभावना विपरीत नेतृत्वले गरेको निर्णयको घोर भर्त्सना गर्दै ३८ जनाले सामूहिक राजीनामा दिएको बताएका छन् ।

एमाले जिल्ला अध्यक्ष चन्द्र बोहराले भने राजीनामाको विषयमा आधिकारिक जानकारी नभएको बताए । ‘तपाइहरूले जस्तै मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हु’ उनले नेपाल प्रेसलाई भने ‘पार्टीमा आधिकारिक जानकारी छैन। ’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर