मतदानको दिन यातायात पुरै निषेध नगर्ने निर्वाचन आयोगको तयारी, व्यवस्थित सञ्चालन गरिने (भिडिओ) – Nepal Press

मतदानको दिन यातायात पुरै निषेध नगर्ने निर्वाचन आयोगको तयारी, व्यवस्थित सञ्चालन गरिने (भिडिओ)

मनोनयनको समय फेरबदल हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने उम्मेदवारी मनोनयनको तयारी पूरा गरेको छ। शनिवार पत्रकार सम्मेलन मार्फत निर्वाचन आयोगकाका प्रमुख आयुक्त दिनेश थपलियाले मनोनयनको तयारी पुरा भइसकेको बताएका हुन्।

७७ वटामै निर्वाचन कार्यालय स्थापना गरिसकेको बताए। सबै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयन दर्ताको तयारी गरिरहेको बताए।

भोलि बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयनको आवश्यक व्यवस्थापन गरिसकेको उनले बताए। निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गरे।

उनले भने, ‘उम्मेदवारी दर्ताको समय केही पर सारिदिए केही सुझाव आएका हुन्। त्यसमा मनोनयन दर्ताको स्थानीय तहमा पनि दुई दिन, समानुपातिकमा पनि दुई दिन दिएको त्यसैले यसमा तीन दिन दिन सुझाव आएको थियो। तर, स्थानीय तहमा दुई दिन दिँदा भोलिपल्ट अबेर मात्रै दलहरू आउनुभयो। त्यसैले आयोगले त्यसलाई दोहोर्‍याउन चाहेन।’

कारण बस् मतदान प्रक्रिया स्थगित हुनसक्ने भए पनि मनोनयन प्रक्रिया कुनै हालतमा रोकिन नसक्ने उनको भनाइ छ।

उम्मेदवार चयन गर्दा समावेशी र समानुपातिकतालाई ख्याल गर्न उनले आग्रह गरे। आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना राजनीतिक दलहरूलाई आग्रह गरे।

राजनीति दलहरूलाई आयोगबाट हुनसक्ने सहयोग पूर्ण रूपमा सहयोग हुने बताए। उनले निर्वाचनको दिन व्यवस्थित ढंगबाट सार्वजनिक यातायातको साधन चलाउने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर