एमालेसँग तालमेलका कारण सीट खोसिएपछि स्वतन्त्र उम्मेदवार बन्ने खुश्बु ओलीको घोषणा – Nepal Press

एमालेसँग तालमेलका कारण सीट खोसिएपछि स्वतन्त्र उम्मेदवार बन्ने खुश्बु ओलीको घोषणा

काठमाडौं । झापा ४ मा चुनाव लड्न भनेर राप्रपा प्रवेश गरेकी पूर्व मिस टिन नेपाल खुश्बु ओलीले तालमेलमा सो क्षेत्र नेकपा एमालेले पाएपछि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

एमाले र राप्रपाबीच भएको सहमति अनुसार झापा ३ मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमाले समर्थन गर्नेछ भने अन्य दुई प्रदेश सभा सीट पाउनेछ । बाँकी चार प्रतिनिधि सभाका क्षेत्रमा राप्रपाले एमालेलाई सघाउनेछ ।

झापा ४ मा उम्मेदवार बन्ने भनेर खुश्बुले अभियान चलाइरहेकी थिइन् । सो क्षेत्रमा यसअघि एमालेका एलपी साँबा लिम्बु जितेका थिए र यस पटक पनि उनै उम्मेदवार बन्दैछन् ।

खुश्बुले एउटा युवा महिलालाई रोक्न चलखेल भएको र हेपिएको भन्दै सूर्यमा भोट हाल्न नसक्ने बताएकी छन् ।

उनले आफ्नो उम्मेदवारी झापा ४ मा कायमै रहेको र जनताको बीचमा आउन लागेको घोषणा गरेकी छन् ।

उनले भनेकी छन्– झापाको क्षेत्र ४ मा आज पनि कायम नै छ त्यही भएर जनताको बिचमा आउँदैछु हजुरहरूको साथ चाहिएको छ। एक पटक मत बदल्नुस्, यो हरेक गठबन्धनलाई सबक सिकाऊँ। मैले मेरो उम्मेदवारी फिर्ता लिनुपर्ने हो भने मलाई जवाफ दिओस । हामी एमाले कि राप्रपा को कार्यकर्ता ? पार्टीको कारबाही सहन सक्छु, तर आत्मसम्मानसँग सम्झौता हुँदैन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर