स्वास्थ्यमा समस्यापछि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा – Nepal Press

स्वास्थ्यमा समस्यापछि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई अस्पताल भर्ना गरिएको हो ।

चिकित्सकहरुले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिरहेका छन् र रगतको रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ । परीक्षण रिपोर्टपछिमात्र के भएको हो भन्न सकिने अस्पतालका निर्देशक डा.निरज बहादुर बमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *