गठबन्धन भागवण्डा : सुदूरपश्चिममा नेकपा एस माओवादी र काङ्ग्रेससँगै भिड्नुपर्ने – Nepal Press

गठबन्धन भागवण्डा : सुदूरपश्चिममा नेकपा एस माओवादी र काङ्ग्रेससँगै भिड्नुपर्ने

कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा भने सत्ता गठबन्धन भित्रै रहेका दलहरूसँग भिड्नु पर्ने देखिएको छ ।

केन्द्रमा सत्ता गठबन्धनका दलहरू बिच क्षेत्र बाँडफाँट गर्दा पनि प्रदेशमा नेकपा एकीकृत समाजवादीले पाएको क्षेत्रमा माओवादी र नेपाली कांग्रेसले पनि दाबी गरेपछि समस्या भएको हो ।

प्रतिनिधि सभातर्फ १६ निर्वाचन क्षेत्र रहेको यहाँ कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादी पार्टीले क्षेत्र पाउने भएका छन् । केन्द्रमा गठबन्धनका दलहरू बिच सिट बाँडफाँडमा समस्या नदेखिए पनि प्रदेशमा भने समस्या देखिएको छ ।

यहाँका १३ क्षेत्र कांग्रेसले पाएको छ भने , १२ क्षेत्र माओवादी केन्द्रले पाएको छ । ३२ वटा निर्वाचन क्षेत्र मध्ये नेकपा एकीकृत समाजवादीले एउटा क्षेत्र मात्रै पाएको छ । नेकपा एकीकृत समाजवादीका अन्य क्षेत्रमा माओवादी र कांग्रेसले पनि दाबी गरेका छन् ।

मनोनयन दर्ता गर्न एक दिन मात्रै बाँकी रहँदा सम्म नेकपा एकीकृत समाजवादीका ५ क्षेत्रमा कांग्रेस र माओवादीले दाबी गरेका छन् । कैलाली क्षेत्र नम्बर ३ को २ मा मात्रै नेकपा एकीकृत समाजवादीको सिट पक्का भएको छ । अन्य ५ क्षेत्रमा सत्ता गठबन्धनकै दल माओवादी र काङ्ग्रेससँग जुध्नु पर्ने देखिएको छ ।

बाजुराको प्रदेश २, अछामको २ को २, कैलाली ४ को १, र कञ्चनपुर २ को २ मा काङ्ग्रेससँग नेकपा एकीकृत समाजवादी भिड्नु पर्ने देखिएको छ । त्यस्तै, कञ्चनपुर ३ को १ मा माओवादीसँग पनि नेकपा एकीकृत समाजवादीको मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ ।

गठबन्धनका दलहरू बिच भएको सहमतिमा पनि यहाँका ५ क्षेत्रमा नेकपा एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादी केन्द्रलाई पनि दिने सहमति भएपछि थप किचलो हुने देखिएको छ ।

कैलाली ४ मा प्रतिनिधि सभा तर्फ सिफारिस भएका दीर्घ सोडारी प्रतिनिधिसभा कांग्रेसको भागमा परेपछि प्रदेश सभामा बस्न राजी भएका थिए । अहिले उक्त क्षेत्रमा पनि कांग्रेसले दाबी गरेको छ । अहिले यहाँ कांग्रेस र नेकपा एस दुवैको नाममा सहमति भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर