रामेछापका एमाले उम्मेदवार- दुई पूर्वमन्त्री दोहोरिँदा, एक जना नयाँ अनुहार – Nepal Press

रामेछापका एमाले उम्मेदवार- दुई पूर्वमन्त्री दोहोरिँदा, एक जना नयाँ अनुहार

काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले कैलाश ढुंगेलले उम्मेदवार बनाएको छ ।
बागमती प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका ढुंगेलले संघमा टिकट पाउँदा प्रदेशसभातर्फ (क) मा शान्ति प्रसाद पौडेलले पाएका छन् ।
ढुंगेल एमाले जिल्ला अध्यक्ष समेत हुन् ।
बागमती प्रदेशसभा सदस्य समेत रहेका पौडेल पार्टीको पूर्व जिल्ला अध्यक्ष हुन् । उनी १० बुँदे मार्फत एमालेमा बसेका थिए । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा उनी केही समय मन्त्री समेत भएका थिए ।
यस्तै (ख) तर्फ मिलन घिसिङले टिकट पाएका छन् । जिल्ला कमिटी सदस्य समेत रहेका घिसिङ विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर