अर्घाखाँचीमा यी हुन् एमालेका संघ तथा प्रदेशका उम्मेदवार – Nepal Press

अर्घाखाँचीमा यी हुन् एमालेका संघ तथा प्रदेशका उम्मेदवार

रुपन्देही । नेकपा एमालेले एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीका लागि सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका उम्मेदवार बनाएको छ । उनको जिल्लाबाट एकल नाम सिफारिस भएको थियो ।

उनले अर्घाखाँचीबाट लगातार ३ पटक निर्वाचन जितेका छन् । स्थानीय तहको निर्वाचनमा ५ दलको वडा तहसम्म भएको गठबन्धनलाई तोडेर बहुमत पालिका जिताएपछि पार्टीभित्र उनको प्रशंसा बढेको छ ।

त्यसैगरी, प्रदेशका दुवै क्षेत्रमा यसअघिकै सांसद दोहोरिएर उम्मेदवार बनेका छन् । प्रदेश ‘क’ बाट नेता चेतनारायण आचार्य तथा ‘ख’ बाट नेता रामजी घिमिरे एकल उम्मेदवार सिफारिस भएका थिए । स्थानीय तहको वडागत मत परिणाममा एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एस ३७६३ मतभारमा छन् ।

गठबन्धनबाट संघमा नेपाली कांग्रेसको भागमा परेको यो क्षेत्रमा उपसभामुख पुष्पा भुसालले पाउने संभावना बढी छ । उनीसहित ६ जना उम्मेदवार सिफारिस भएका छन् । दुई प्रदेशका क्षेत्रमा भने जनमोर्चा, माओवादी र कांग्रेसको बलियो दाबी भएकाले अझै टुंगो लागेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर