डडेल्धुरामा देउवा विरुद्ध एमालेले मल्ल भिडाउँदै – Nepal Press

डडेल्धुरामा देउवा विरुद्ध एमालेले मल्ल भिडाउँदै

कैलाली । कुनै समय प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयमा रहेका कर्ण मल्ल यस पटक देउवा विरुद्ध नै उम्मेदवार बन्ने भएका छन् ।

उनलाई नेकपा एमालेले उम्मेदवार बनाउने भएको छ । प्रतिनिधि सभा तर्फ यहाँ पठान सिंह बोहरालाई उम्मेदवार बनाउने एमालेले सिफारिस गरेको थियो ।

तर, अन्तिममा बोहरालाई प्रदेश सभाको उम्मेदवार बनाएर देउवा विरुद्ध मल्लालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

अहिले सम्म प्रतिनिधि सभामा बिपी काङ्ग्रेससँग तालमेल गर्ने भन्दै सिट छोडिएको छ । नाम भने तोकिएको छैन तर,एमाले उच्च स्रोतका अनुसार यहाँ बिपी कांग्रेसको तर्फबाट मल्ल उम्मेदवार बन्ने भएका छन् ।

योसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका हुन् ।

अघिल्लो पटकको प्रदेश सभामा कांग्रेसमा उम्मेदवार बनेका तत्कालीन कांग्रेस जिल्ला सभापति मल्लले एमालेका उम्मेदवार तत्कालीन जिल्ला अध्यक्ष डा।तारा जोशीलाई हराएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

जिल्ला अधिवेशनबाट रुष्ट भएका मल्लले काङ्ग्रेसबाट विद्रोह स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेका थिए । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो ।

डडेलधुरामा २०४८ सालदेखि लगातार प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका देउवालाई यस पटक उनकै पुरानो कार्यकर्ताले चुनौती दिने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर