काभ्रेमा एमाले उम्मेदवार : गोकुल र रेशम संघमा, प्रदेशमा को-को ? – Nepal Press

काभ्रेमा एमाले उम्मेदवार : गोकुल र रेशम संघमा, प्रदेशमा को-को ?

काठमाडौं । नेकपा एमालेले काभ्रेमा प्रदेश र प्रतिनिधिसभातर्फ उम्मेद वार टुंगो लगाएको छ ।

निर्णयअनुसार काभ्रे १ प्रतिनिधिसभा तर्फ रेशम लामाले टिकट पाएका छन् । पूर्व राज्यमन्त्री समेत रहेका लामा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् । उनी अहिले एमालेको केन्द्रीय सदस्य हुन् ।

यस्तै प्रदेशसभा तर्फ १ क मा दिल बहादुर लामा (दिलीप) र ख मा चन्द्र लामाले टिकट पाएका छन् । लामा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री हुन् ।

यस्तै काभ्रे २ मा प्रतिनिधिसभातर्फ गोकुल बास्कोटाले टिकट पाउँदा प्रदेशतर्फ २ क मा प्रदेश कमिटी सदस्य कुमार खकुरेल र २ ख मा कुमार थापाले टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर