योगेश भट्टराई ताप्लेजुङमा फिक्स, प्रदेशसभामा एमालेबाट को को ? – Nepal Press

योगेश भट्टराई ताप्लेजुङमा फिक्स, प्रदेशसभामा एमालेबाट को को ?

काठमाडौं ।नेकपा एमालेले ताप्लेजुङमा प्रतिनिधि सभाको टिकट योगेश भट्टराईलाई दिएको छ ।

दश बुँदे सहमतिमार्फत एमाले विभाजन रोक्न भूमिका खेल्नेमध्येका एक प्रमुख नेता भट्टराई दोस्रो पटक ताप्लेजुङबाट चुनाव लड्ने भएका छन् ।

प्रदेश सभातर्फ एमालेबाट तिलकुमार मेन्याङ्बो र मणिशंकर पोमु उम्मेदवार बन्ने भएका छन् ।

पार्टीले प्रदेश सभा १ अन्तर्गत तिलकुमार र २ मा मणिशंकरलाई टिकट पठाएको एमाले स्रोतले जनाएको छ ।

त्यस्तै पोमु जिल्ला कमिटी उपसचिव हुन् भने तिलकुमार पोलिटव्युरो सदस्य तथा पूर्व सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर