गठबन्धनसँग लोसपाले माग्यो संघमा १५ सीट र एक प्रदेश मुख्यमन्त्री – Nepal Press

गठबन्धनसँग लोसपाले माग्यो संघमा १५ सीट र एक प्रदेश मुख्यमन्त्री

काठमाडौं । संघीय निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।

जनता समाजवादी पार्टीले सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै सत्तारुढ गठबन्धन छाडेलगत्तै चुनावी गठबन्धनका लागि छलफल गर्न लोसपाका नेताहरु बिहीबार अपरान्ह प्रधानमन्त्री निवास पुगेका थिए ।

लोसपाका नेताहरु शरदसिंह भण्डारी, अनिल झा र जीतेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आवद्ध गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा उनीहरुले संघमा १५ सीट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ । लोसपाका नेता जीतेन्द्र सोनालका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर