कमल थापाले पाएनन् एमालेको साथ, यी हुन् मकवानपुरका एमाले उम्मेदवार – Nepal Press

कमल थापाले पाएनन् एमालेको साथ, यी हुन् मकवानपुरका एमाले उम्मेदवार

हेटौँडा । नेकपा एमालेले मकवानपुरका दुवै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने भएको छ ।

मकवानपुरमा राप्रपा नेपालसँग तालमेल गरेर कमल थापालाई एमालेले सहयोग गर्ने हल्लाकाबीच एमालेले आफ्नो उम्मेदवार टुंगो लगाएको हो ।

केही दिन अगाडि मात्र पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायत नेताले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मकवानपुरमा राप्रपा नेपालको भोट नभएको भन्दै कमल थापालाई जिताउन नसकिने बताएका थिए ।

एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामेश्वर रानाले टिकट पाएका छन् ।

यस्तै प्रदेशसभातर्फ १ क मा कमल विष्ट, १ ख मा एकालाल श्रेष्ठले टिकट पाएका छन् ।

त्यसै गरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा महेश बर्तौलाले टिकट पाउँदा प्रदेशसभातर्फ क मा विष्णु ढकाल र ख मा लालबहादुर थापाले टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर