यी हुन् यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति र संगठन – Nepal Press

यी हुन् यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति र संगठन

स्टकहोम । यो वर्षको नोबेल शान्ति पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पूर्वी युरोपका एक अभियन्ता र दुई संगठनहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

बेलारुसी मानव अधिकारकर्मी एलीयास बिलियाट्स्की, युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीज र रुसी मानव अधिकार संगठन मेमोरियललाई उक्त पुरस्कार दिइने भएको हो ।

शुक्रबार नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। आगामी १० डिसेम्बरमा एक कार्यक्रमबीच उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

बिलियाट्स्कीले बेलारुसमा प्रजातन्त्र र शान्तिपूर्ण विकासको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गरेका नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ।

त्यस्तै, अर्को पुरस्कृत संस्था सेन्टर फर सिभिल लिबर्टीज (सीजीएस) युक्रेनका अग्रणी मानव अधिकार संगठनमध्ये एक हो। यसको स्थपना सन् २००७ मा भएको हो । पुरस्कृत भएपछि आफूले गौरब महसुस गरेको सीजीएसले एक ट्वीटमा जनाएको छ ।

त्यस्तै, रुसकै सबैभन्दा पुरानो मानव अधिकार समूह मेमोरियलले पनि पुरस्कार पाउने भएको छ ।

मेमोरियलले करिब ३ दशकसम्म सोभियत कालमा मारिएका, कारागारमा राखिएका वा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याएको थियो ।

मेमोरियल यसै वर्षको सुरुमा बन्द भएको थियो । गत वर्ष अदालतको एक आदेशपछि मेमोरियल बन्द भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर