प्यूठानको फरन्डीमा पहिरो, एकै घरका ६ जना बेपत्ता – Nepal Press

प्यूठानको फरन्डीमा पहिरो, एकै घरका ६ जना बेपत्ता

रूपन्देही । प्यूठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीस्थित बमबहादुर बुढामगरको घर शुक्रबार दिउँसो पहिरोले बगाउँदा ६ जना बेपत्ता भएको वडा अध्यक्ष डिलबहादुर घर्तीमगरले जानकारी दिए ।

पहिरोमा बमबहादुरका श्रीमानश्रीमती, बुहारी र ३ जना बालबालिका बेपत्ता भएको वडा अध्यक्ष घर्ती मगरले बताए । नजिकै रहेका ३ घरपरिवारलाई अन्यत्र सारिएको छ ।

सडक अवरुद्ध भएका कारण करिब ३ घन्टासम्म उद्धारको टोली घटनास्थल पुग्न नसकेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

सडक अवरुद्ध भएकाले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको उनले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर