एमालेसँग चुनावी तालमेल हुने भएपछि जसपामै फर्किए पूर्वराज्यमन्त्री सिंह – Nepal Press

एमालेसँग चुनावी तालमेल हुने भएपछि जसपामै फर्किए पूर्वराज्यमन्त्री सिंह

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका पूर्वराज्यमन्त्री शत्रुधनप्रसाद सिंह पार्टीमै फिर्ता भएका छन् ।

जसपाको राजनीतिक समिति सदस्य रहेका उनले दुई दिन अगाडि पार्टी परित्यागको घोषणा गरेका थिए । आज विज्ञप्ति जारी गरेर उनले आवेगमा आएर भूलवस राजीनामा दिएको भन्दै भूल सुधार गरी पार्टीमा फिर्ता भएको बताएका छन् ।

उनले अब पार्टीमै निष्ठापूर्वक रहने प्रतिबद्धतासमेत जनाएका छन् । सत्ता गठबन्धनमा जसपाले सिरहा २ क्षेत्र नपाउने अवस्था देखेपछि उनले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्न छलफल थालेका थिए ।

तर, एमाले र जसपाबीच गठबन्धन हुने लगभग निश्चित भएपछि नेता सिंह पुनः जसपामै फर्किएको बुझिएको छ । अब जसपाले सिरहा क्षेत्र २ पाउने र सिंह नै उम्मेदवार हुने स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर