गाँजासम्बन्धी सजाय भोगिरहेकालाई रिहा गर्ने बाइडेनको घोषणा – Nepal Press

गाँजासम्बन्धी सजाय भोगिरहेकालाई रिहा गर्ने बाइडेनको घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाँजा सेवन गरेको तथा राखेको आरोपमा जेल सजाय भोगिरहेका आम मानिसहरुलाई रिहा गर्ने घोषणा गरेका छन् ।

बिहीबार राष्ट्रको नाममा संम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् । गाँजा सेवन गरेको र राखेकै आधारमा सजाय दिनाले धेरै मानिसहरु शिक्षा , रोजगार जस्ता अवसरबाट बन्चित हुन परेकाले यस किसिमको प्रावधान राख्नु जायज नभएको बाइडेनको भनाई छ ।

बाइडेनले यो प्रावधानलाई अन्त्य गर्नका निमित्त तिन चरणको घोषणा समेत गरेका जस अन्तर्गत सर्वप्रथम गाँजा सेवन गरेको वा राखेको आरोपमा पक्राउ परेका अभियुक्तहरुको सजाय माफ हुने छ ।

यस्तै दोस्रो चरण अन्तर्गत सम्पूर्ण राज्यका गभर्नरहरुलाई सोहो अनुरुप निर्णय गर्न सल्लाह दिने र तेस्रो चरणमा स्वास्थ्य र मानव सेवा सचिव र महान्यायाधिवक्तालाई संघीय कानून अन्तर्गत गाँजालाई कसरी नियमन गरिएको छ भन्ने विषयमा समीक्षा गर्न लगाईने बताइएको छ । यद्यपि गाँजाको अवैध खरीद, बिक्री र मार्केटिंग माथिको प्रतिवन्ध भने यथावत रहने बाइडेनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर