म्यानचेस्टर युनाइटेडको पुनरागमन जित – Nepal Press

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बिहीबार राति युनाइटेडको जितमा मार्कोस रसफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।

ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे । यस अघि ओमोनियोले खेलमा अग्रता लिएको थियो । जितसँगै युनाइटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । ओमोनियो अंक विहीन हुँदै पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर